आर्थिक सुधार र निजी क्षेत्र प्रवर्द्धनमा सरकार केन्द्रित : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सरकारले आर्थिक सुधार र आर्थिक रुपान्तरणलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्। पर्सा र बाराका उद्योगी व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्र सबल बनाउने, राजस्व प्रणाली सुधार गर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अघि बढाइएको बताए।

उनले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु भइसकेको र त्यसपछि अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे। आगामी बजेट आर्थिक रुपान्तरण, निजी क्षेत्रमैत्री वातावरण, कर प्रणाली सुधार र प्रक्रियागत झन्झट हटाउनेतर्फ केन्द्रित हुने उनले बताए।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघ का अध्यक्ष हरि गौतम ले उद्योगी व्यवसायीले भोग्दै आएका नीतिगत समस्या समाधान, औद्योगिक क्षेत्र स्थापना, कर प्रणाली सुधार र सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए। कार्यक्रममा विभिन्न सरकारी अधिकारी तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित