पत्रकारमाथि हातपात हुँदा पर्सा प्रहरी मौन? आखिर कहिलेसम्म? वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीमाथि अस्पतालका कर्मचारीले हातपात तथा दुर्व्यवहार गरेको छ।
पीडित सञ्चारकर्मीहरूको भनाइअनुसार सत्यतथ्य समाचार सङ्कलन गरिरहेका बेला अस्पतालका केही कर्मचारीले उनीहरूमाथि दुर्व्यवहार गर्दै हातपात गरेका थिए। साथै, सञ्चारकर्मीहरूको मोबाइल फोन खोसेर अस्पताल परिसरबाट बाहिर निकालिए ।
घटनाबाट Birgunj Charcha News का ज्ञानेन्द्र सिंह, ANN News का विशाल ठाकुर, MY TV का अकलेश गुप्ता, You TV का विवेक विक्रम शाह तथा सत्य आस्था खबर का राज प्रजापति प्रभावित भएको बताइएको छ।
घटनापछि पीडित सञ्चारकर्मीहरूले पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन गर्न, घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पत्रकारहरूको पेशागत सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस घटनाप्रति पत्रकार महासङ्घ, सञ्चारसम्बद्ध संघ–संस्था तथा सरोकारवाला निकायहरूले समेत गम्भीर चासो व्यक्त गर्ने अपेक्षा गरिएको छ।







Discussion about this post