पत्रकारलाई गाली गर्ने भिडियोपछि आदर्श मिश्रविरुद्ध उजुरी, कारबाहीको माग
वीरगञ्ज। सामाजिक सञ्जालमार्फत पत्रकारहरूलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोप लागेका कथित कमेडियन आदर्श मिश्रविरुद्ध नेपाल पत्रकार महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको छ।
महासंघ पर्साले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनी राज्यमा पत्रकार तथा सञ्चार क्षेत्रलाई लक्षित गरी गरिएका उच्छृङ्खल र अमर्यादित अभिव्यक्तिलाई स्वीकार गर्न नसकिने जनाएको छ।
महासंघले दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई निवेदन बुझाएको जनाएको छ।
महासंघले प्रेस स्वतन्त्रता, पत्रकारको मर्यादा तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित