‘द हन्ड्रेड’ अक्सनमा सन्दीप लामिछाने अनसोल्ड

इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने अनसोल्ड भएका छन्।

सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्य राख्दै अक्सनका लागि नाम दर्ता गराएका थिए। विदेशी खेलाडीको कोटा पूरा हुँदासम्म उनको नाम अक्सन प्रक्रियामा नआएको जनाइएको छ।

अन्तिम चरणमा टोलीहरूलाई खेलाडी छनोटको अवसर दिइए पनि कुनै पनि टोलीले उनलाई अनुबन्ध गर्न रुचि देखाएन।

यसअघि सन् २०२१ मा सन्दीप ओभल इन्भिन्सिबल्सबाट १ लाख पाउन्डमा अनुबन्ध भएका थिए, तर उनले कुनै खेल खेल्ने अवसर पाएका थिएनन्।

सन्दीपले यसअघि आईपीएल, बीबीएल, बीपीएल र सीपीएलजस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा सहभागिता जनाइसकेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित