आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट आम जनता पार्टीकी उम्मेदवार रन्जु साहलले मतदातासँग प्रत्यक्ष संवाद गर्दै घरदैलो कार्यक्रम सञ्चालन गरेकी छन्।
साहलले घरदैलोका क्रममा स्थानीयवासीसँग भेटघाट गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी र आधारभूत विकासका विषयमा आफ्नो योजनाबद्ध दृष्टिकोण प्रस्तुत गरेकी छन्। उनले निर्वाचनमा निर्वाचित भए जनताको आवश्यकता र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
स्थानीय मतदाताले घरदैलोमा आफ्नो माग र अपेक्षा राखेका थिए। उम्मेदवार साहलले ती मागलाई प्राथमिकताका साथ अगाडि बढाउने आश्वासन दिएकी छन्। आम जनता पार्टीले पर्सा–२ मा मतदातासँग प्रत्यक्ष सम्पर्क र जनसहभागितामार्फत चुनावी अभियानलाई सक्रिय राखेको जनाएको छ।







Discussion about this post