शेयर बजार उच्च अङ्कमा बढ्यो, नेप्से २८७७.०२ विन्दुमा पुगे

कारोवार हुने हप्ताको अन्तिम दिन शेयर बजार उच्च अङ्कले बढेको छ। नेप्से परिसूचक आज ६४.६७ अङ्कले बढेर २ हजार ८७७.०२ विन्दुमा पुगेको छ।

सबै समूहको शेयर मूल्य बढ्दा विकास बैंक समूह सबैभन्दा बढी ३.९५ प्रतिशतले उकालो लागेको छ। आज २४० कम्पनीको शेयर बढेको, २२ कम्पनीको घटेको र २ कम्पनीको शेयर स्थिर रहेको छ।

कर्पोरेट विकास बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर सबैभन्दा धेरै ५.१२ प्रतिशतले ओरालो लागेको छ।

नेप्सेसँगै कारोबार रकम पनि उल्लेखनीय बढेको छ। हिजो १२ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४२ कम्पनीका ५ करोड ६९ लाख कित्ता शेयर २१ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित