संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सा र बाराका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ। सरुवासँगै जिल्लाका विभिन्न गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन्। पर्साको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीको सरुवा भएको छ। उनलाई गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत सरुवा गरिएको छ। उनको स्थानमा पर्साकै धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडालाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको छ। यस्तै, पकाहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको पनि सरुवा भएको छ। उनलाई गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत सरुवा गरिएको छ। साहको स्थानमा जिल्ला समन्वय समिति, पर्साका प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहलाई पकाहाँ मैनपुर गाउँपालिकामा सरुवा गरिएको छ। यसैगरी, बाराको विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीको सरुवा पर्साको जगनाथपुर गाउँपालिकामा गरिएको छ। जगनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवको सरुवा भने बाराको विश्रामपुर गाउँपालिकामा गरिएको छ।
त्यस्तै, पर्साको पेटर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको सरुवा गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत गरिएको छ। उनको स्थानमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवाज हुसैनलाई पेटर्वासुगौली गाउँपालिकामा सरुवा गरिएको छ।
पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहको सरुवा सर्लाहीको पर्सा गाउँपालिकामा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सर्वजित कुमार झालाई छिपहरमाई गाउँपालिकामा सरुवा गरिएको छ। यस्तै, सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवको सरुवा पर्साकै धोबिनी गाउँपालिकामा गरिएको छ। सखुवा प्रसौनी गाउँपालिकामा भने सर्लाहीको चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहालाई सरुवा गरिएको छ।







Discussion about this post