क्यासिनो प्रकरणपछि पोखरिया प्रहरीको नेतृत्व परिवर्तन, निरीक्षक पौडेल निलम्बनमा

वीरगञ्ज । पर्साको चर्चित क्यासिनो प्रकरणसँगै इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्व परिवर्तन गरिएको छ। उक्त प्रकरणमा नाम जोडिएपछि कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेका छन्।

पौडेल निलम्बनमा परेसँगै इलाका प्रहरी कार्यालय पोखरियाको नयाँ प्रमुखका रूपमा प्रहरी निरीक्षक भानुभक्त अर्यालले जिम्मेवारी सम्हालेका छन्। अर्याल इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवामा पोखरिया आएका हुन्।

नयाँ जिम्मेवारी सम्हाल्दै प्रहरी निरीक्षक अर्यालले पोखरिया क्षेत्रमा शान्ति–सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताएका छन्।

क्यासिनो प्रकरणको अनुसन्धान जारी रहेका बेला पोखरिया प्रहरीको नेतृत्व परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अनुसन्धानलाई निष्पक्ष, प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन संगठनले प्रशासनिक कदमस्वरूप नेतृत्व परिवर्तन गरेको बताइएको छ।

यता, जिल्ला प्रहरी कार्यालय पर्साले क्यासिनो प्रकरणबारे अनुसन्धान जारी रहेको जनाएको छ। घटनासँग सम्बन्धित थप तथ्य तथा कसको संलग्नता कति थियो भन्ने विषय अनुसन्धानबाटै स्पष्ट हुने प्रहरीको भनाइ छ।

अनुसन्धानको निष्कर्ष नआएसम्म घटनामा जोडिएका व्यक्तिहरूबारे अन्तिम धारणा बनाउनुभन्दा अनुसन्धानको परिणाम पर्खनुपर्ने दे

खिन्छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित