आफ्नै सालीको हत्या आरोपमा पूर्वगाउँपालिका अध्यक्ष जालिम मियाँका कान्छा छोरा पक्राउ

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी आफ्नै सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जगरनाथपुर गाउँपालिका–५ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई बुधबार वीरगन्जबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

भैंसी तथा पाडा व्यापार गर्दै आएका जाफिरमाथि जगरनाथपुर गाउँपालिका–४ निवासी आफ्नी सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप छ।

यसअघि सोही घटनाको अनुसन्धानका क्रममा उनका दाजु नासिर अहमद मन्सुरीलाई असोज ३ गते प्रहरीले पक्राउ गरेको थियो। नासिर हाल प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आरोप प्रमाणित हुन बाँकी रहेकाले अनुसन्धानको निष्कर्ष तथा अदालतको निर्णयलाई आधार मान्नुपर्नेछ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित