कार्यवाहक प्रमुख आलमको निजी निवासमा १८ नगर प्रहरी, मेयर सिंह फर्किएपछि फिर्ता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका उपप्रमुख इम्तियाज आलमको निजी निवास तथा सचिवालयमा १८ जना नगर प्रहरी खटाइएको विषय सार्वजनिक भएको छ।

महानगर प्रमुख राजेशमान सिंह निलम्बनमा रहेका बेला कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका आलमको निजी निवास र सचिवालयमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको बताइएको छ। नगर प्रहरीको जनशक्ति सार्वजनिक सुरक्षा, नगर व्यवस्थापन तथा महानगरपालिकासँग सम्बन्धित कार्यमा परिचालन हुने भए पनि निजी निवासमा १८ जनासम्म खटाइएको विषयले प्रश्न उठाएको छ।

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि मेयर राजेशमान सिंह पुनः पदबहाली गरेसँगै उपप्रमुख आलमको निजी निवास तथा सचिवालयमा खटिएका नगर प्रहरीलाई फिर्ता बोलाइएको बताइएको छ।

तर, कार्यवाहक प्रमुखको निजी निवासमा १८ जना नगर प्रहरी कुन निर्णय, आदेश वा प्रयोजनका आधारमा खटाइएका थिए भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन। त्यस्तै, उनीहरूलाई निजी निवासमा खटाउँदा महानगरपालिकाको प्रशासनिक प्रक्रिया तथा स्वीकृति पालना गरिएको थियो कि थिएन भन्ने प्रश्नसमेत उठेको छ।

नगर प्रहरीको जनशक्ति सीमित रहेको अवस्थामा ठूलो संख्यामा जनशक्ति निजी निवासमा परिचालन गरिएको हो भने त्यसको औचित्य र प्रशासनिक आधारबारे महानगरपालिकाले स्पष्ट पार्नुपर्ने देखिन्छ।

यस विषयमा वीरगञ्ज महानगरपालिकाको आधिकारिक धारणा सार्वजनिक भएपछि नगर प्रहरी परिचालनको वास्तविक कारण, निर्णय प्रक्रिया र जिम्मेवारीबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित