रास्वपा वडा सभापति प्रकाश साह पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति प्रकाश साह अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
मनिष गुप्तासहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका साहलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।

जाहेरीकर्ता गुप्ताका अनुसार साहले आफू वीरगञ्जको स्थानीय बासिन्दा भएको दाबी गर्दै वीरगञ्ज भन्सारबाट आफूले मात्रै माछाको कारोबार गर्ने र अन्य व्यक्तिलाई कारोबार गर्न नदिने भन्दै गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोप छ।

गुप्ताले साहले स्थानीय भएको प्रभाव देखाउँदै माछा कारोबारमा अन्य व्यक्तिलाई रोक लगाउने किसिमको अभिव्यक्ति दिएको दाबी गरेका छन्।

जाहेरीपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित तथ्य तथा आरोपमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका साहमाथि लगाइएको आरोप पुष्टि वा खण्डन भने अनुसन्धान तथा कानुनी प्रक्रियाबाटै हुने प्रहरीले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित