‘हनुमान अंश’ फिल्मको अवसरमा सनातन हिन्दू मोर्चाद्वारा वीरगञ्जमा लड्डु वितरण
वीरगञ्ज, ३० भदौ । भगवान् हनुमानप्रति आस्थावान् श्रद्धालुहरू तथा सनातन हिन्दू धर्म–संस्कृतिलाई समेटेर निर्माण गरिएको फिल्म ‘हनुमान अंश’ को अवसरमा सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगरपालिका समितिले लड्डु वितरण गरेको छ।
ऋषिपञ्चमी पर्व तथा गणेश चतुर्थीको अवसरमा ‘जय श्रीराम, जय सियाराम, जय हनुमान’ को नारासहित वीरगञ्जस्थित ऐतिहासिक हनुमान मन्दिर महावीर स्थानमा सामूहिक पूजापाठ गरिएको थियो।
पूजापाठपछि मन्दिर परिसर तथा आसपासका क्षेत्रसहित ए–म्याक्स सिनेमा हल, बाइपास रोड, त्रिमूर्ति सिनेमा हल मुर्ली, वीरगञ्ज न्यूरो अस्पतालका कुरुवा, शक्तिपीठ श्री गहवा माई मन्दिर क्षेत्र तथा विभिन्न गणेश पूजा स्थलमा लड्डु वितरण गरिएको थियो।
सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ताको अगुवाइमा सम्पन्न कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोष पटेल, केन्द्रीय सदस्यहरू योगेन्द्र प्रसाद कलवार, अरविन्द कुमार मदनवाल, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, वीरगञ्ज नगर समितिका मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली तथा नगर सदस्यहरू सागर साह, विकी साह, सुमित श्रीवास्तव, निरञ्जन कुशवाहा, कृष्ण मोहन वर्णवाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा मोर्चाले पृथ्वीमा आज पनि जीवित रहेको धार्मिक आस्थाअनुसार भगवान् हनुमानप्रति सम्मान व्यक्त गर्दै सनातन हिन्दू धर्म तथा संस्कृतिलाई समेटेर ‘हनुमान अंश’ फिल्म निर्माण गर्ने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेको छ।
मोर्चाका अनुसार कार्यक्रममा करिब ३०० पिस अर्थात् १२ केजी लड्डु वितरण गरिएको थियो।







Discussion about this post