उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।

वीरगन्ज –

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्। दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा आज बिहान काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा न्यायाधीश डाँगीसहित गाडीमा सवार ६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनले बताए।

दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। स्कार्पियोमा न्यायाधीश डाँगीसहित उनका पारिवारिक सदस्यहरू पनि सवार रहेको बताइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित