डा. आशिफ अन्सारीद्वारा पत्रकार राजन रौनियारको सफल शल्यक्रिया, धार्मिक सहिष्णुताको उदाहरण
वीरगञ्ज । हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष तथा पत्रकार राजन रौनियारको पित्तथैलीको शल्यक्रिया मुस्लिम समुदायका चिकित्सक डा. आशिफ अन्सारीद्वारा सफलतापूर्वक सम्पन्न भएको छ।
डा. अन्सारी विगत १५ वर्षदेखि शल्यक्रिया सेवामा सक्रिय रहँदै आएका छन्। हरेक बिरामीलाई आफ्नोपनको अनुभूति गराउने तथा आर्थिक रूपमा कमजोर बिरामीको उपचार र शल्यक्रियामा सक्दो सहयोग गर्ने चिकित्सकका रूपमा उनी परिचित छन्।
रौनियारको उपचार मुस्लिम समुदायका चिकित्सक डा. आशिफ अन्सारीबाट हुनु र मुस्लिम समुदायका चिकित्सक डा. अबुल हैस अन्सारीद्वारा सञ्चालित अस्पतालमा उनको सफल उपचार हुनु वीरगञ्जको धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजिक सद्भावको सकारात्मक उदाहरण बनेको छ।
दुई समुदायबीचको आपसी सद्भाव, सहयोग र विश्वासलाई प्रतिबिम्बित गर्ने यस शल्यक्रियालाई सामाजिक एकताको प्रतीकका रूपमा समेत हेरिएको छ।
शल्यक्रियापछि पत्रकार रौनियारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। उहाँको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ।







Discussion about this post