एन्जल बसबाट तीन झोला र एक सुटकेसभरि लागू औषध ट्रामाडोल बरामद, दुई युवा पक्राउ

मकवानपुर:-

मकवानपुरको माझिमटारस्थित प्रहरी चेकपोस्टमा मध्यराति गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा ट्रामाडोलसहित दुई युवा पक्राउ परेका छन्।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको न्यु एन्जलको बा.प्र. ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बसलाई नियमित जाँच गर्ने क्रममा तीनवटा झोला र एउटा सुटकेसभित्र लुकाएर राखिएको ट्रामाडोल प्रहरीले बरामद गरेको हो।

घटनामा संलग्न रहेको आशंकामा दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको परिचय हालसम्म सार्वजनिक गरिएको छैन।

बरामद ट्रामाडोलको यकिन परिमाण, पक्राउ परेकाहरूको परिचय तथा घटनासम्बन्धी अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित