वीरगञ्जका निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट पर्सा जिल्ला अदालतले दिए सफाई।

वीरगंज २२ पर्सा ।
वीरगञ्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले आफूविरुद्ध नागरिकता किर्ते सम्बन्धी समाचार प्रकाशन गरेका पत्रकार जियालाल साहविरुद्ध दायर गरेका चारवटै मुद्दामा पर्सा जिल्ला अदालतले अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ ।पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले पत्रकार साहविरुद्ध दायर गरिएका लिखित बेइज्जती, विद्युतीय कारोबारसम्बन्धी कसुर, वैयक्तिक प्रतिष्ठा तथा बेइज्जती सम्बन्धी कसुर र अदालतको अवहेलनासम्बन्धी कसुरका सबै मुद्दामा अभियोजन पक्षको दाबी प्रमाणित हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको हो ।पत्रकार जियालाल साहले २०८० पुस २४ गते सिधा कुरा डटकम मार्फत वीरगञ्ज महानगरपालिकाका तत्कालीन नगरप्रमुख राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर किर्ते जन्मदर्ताको आधारमा नेपाली नागरिकता बनाइदिएको विषयमा खोजमूलक समाचार सार्वजनिक गरेका थिए ।समाचार सार्वजनिक भएपछि उक्त प्रकरणले राष्ट्रिय चर्चा पाएको थियो । त्यसपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै अनुसन्धान अघि बढाएका थिए ।समाचार प्रकाशनपछि नगरप्रमुख सिंहले पत्रकार साहले वीरगंजबाट सञ्चालन गरेको वीरगंज सिटी डटकममा प्रकाशित झण्डा फेर्नमा अनियमितता मेयर सिंह सहित तीनजना विरुद्ध अख्तियारमा उजुरी, मेयरलाई कमिसन नदिएकाले एकवर्षदेखि भेडहा खोला तटबन्ध अलपत्र, डुबान क्षेत्रको स्थलगत अवलोकन जनता झुक्याउने अस्त्र, छोरो काम गर्ने बैंकमा ६ दिन भित्र खाता खोल्न उर्दि जारी लगायत स्वास्थ्य मन्त्रालयले पठाएको सामाग्री चार महिनादेखि थन्कियो, सर्वसाधारण महँगो शुल्क तिर्न बाध्य लगायतको समाचार विरुद्ध क्रमशः चारवटा मुद्दा दायर गरेका थिए । २०८१ असोज ६ गते लिखित बेइज्जती गरी मानप्रतिष्ठामा हानी पुर्‍याएको आरोपमा पहिलो मुद्दा दायर गरिएको थियो । त्यसपछि २०८१ मंसिर ११ गते विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरको मुद्दा दर्ता गरियो ।त्यसैगरी नगरप्रमुखका छोरा अनिशमान श्रेष्ठमार्फत वैयक्तिक प्रतिष्ठा तथा बेइज्जती सम्बन्धी अर्को मुद्दा दायर गरिएको थियो ।ऐन, २०५९ अन्तर्गत विभिन्न कसुरमा कैद तथा जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।यसैबीच, पत्रकार साहविरुद्ध दायर गरिएका चारवटै मुद्दामा अदालतबाट सफाइ पाएपछि खोज पत्रकारितामार्फत सार्वजनिक सरोकारका विषय उजागर गर्ने पत्रकारको संवैधानिक तथा कानुनी अधिकारलाई अदालतले संरक्षण गरेको देखिन्छ ।पत्रकार साहले सार्वजनिक गरेको समाचारका आधारमा सुरु भएको अनुसन्धान अन्ततः अख्तियारको भ्रष्टाचार मुद्दासम्म पुगेको र सोही प्रकरणमा राजेशमान सिंह निलम्बनमा परिसकेका छन् ।

 

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित