पर्सा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननीय बुद्धि प्रसाद (हरि) पन्तज्यूको सामाजिक सञ्जालमा नाम, तस्वीर तथा प्रतिष्ठासँग जोडेर प्रकाशित सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त सामग्रीमा लगाइएका आरोपहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक, तथ्यहीन , निराधार तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको:-हरिपन्त

पर्सा – वीरगन्ज

प्रेस विज्ञप्ति
मिति: २०८३/१/२६

सामाजिक सञ्जाल routine of madhesh pradesh लगायत केही अन लाइनमा पर्सा १ का प्रतिनिधि सभा सदस्य माननीय बुद्धि प्रसाद (हरि) पन्तज्यूको नाम, तस्वीर तथा प्रतिष्ठासँग जोडेर प्रकाशित सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त सामग्रीमा लगाइएका आरोपहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक, तथ्यहीन , निराधार तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको स्पष्ट पार्न चाहन्छौं।

Oplus_131072

अनलाइनमा उल्लेख गरिएका ब्यबसाय तथा व्यावसायिक संस्थामा माननीय हरि पन्त ज्यूको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट जानकारी गराइन्छ। यसरी कुनै तथ्य र प्रमाणबिना व्यक्तिको नाम, तस्वीर तथा सार्वजनिक छविलाई जोडेर गलत सूचना फैलाउनु कानुनी रूपमा दण्डनीय कार्य हो।
यस प्रकारका आधारहीन सामग्रीले माननीयज्यूको व्यक्तिगत प्रतिष्ठा, सामाजिक सम्मान तथा राजनीतिक जीवनमा गम्भीर क्षति पुर्‍याउने प्रयास गरेको देखिन्छ। त्यसैले यस्ता सामग्री निर्माण, प्रकाशन, शेयर तथा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई तत्काल उक्त सामग्री हटाउन, सत्यतथ्यविहीन प्रचार रोक्न तथा सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गर्दछौं।

यसरि गलत मनासयले नियोजित रुपमा गरिएका कार्य बिरुद्ध प्रचलित नेपालको संविधान, विद्युतीय कारोबार ऐन, मुलुकी अपराध संहिता तथा प्रचलित कानुनबमोजिम त्यस्ताव्यक्ति, संस्था र माध्यमविरुद्ध कानुनी उपचारको प्रक्रियामा शुरु भै सकेको जानकारी गराइन्छ।

साथै, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा अपुष्ट र भ्रामक सामग्री शेयर नगर्न तथा जिम्मेवार सूचना प्रवाह गर्न हार्दिक अनुरोध गर्दछौं।
माननीय हरि पन्तको सचिवालय
पर्सा-१, वीरगन्ज

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित