निर्वाचन आयोग नेपाल ले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आजदेखि पुनः सुरु गरेको छ। आयोगको चैत १८ गते बसेको बैठकले कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले अनलाइन प्रणालीमार्फत विवरण प्रविष्ट गरी मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकले भने आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो र औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने बताइएको छ।
प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले नागरिकलाई समयमै नाम दर्ता तथा अद्यावधिक गर्न आग्रह गर्नुभएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका थिए।







Discussion about this post