गृहमन्त्री गुरुङको ७ दिन : ७ उच्च पदस्थ पक्राउ, सुरक्षामा सक्रियता

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एक साता पूरा भएको छ। गत शुक्रबार पदभार ग्रहण गरेसँगै उनले सुरक्षाकर्मी र प्रशासनलाई सक्रिय बनाउँदै सुशासन र कानुन कार्यान्वयनमा कडाइ सुरु गरेका छन्।

एक साता भरमा सुरक्षा निकायले विभिन्न अभियोगमा ७ जना उच्च पदस्थ व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मन्त्री गुरुङले पद सम्हाल्दासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन कायम राख्ने र कानुनको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सुरक्षा निकायका अनुसार उक्त कारबाहीलाई सरकारले सुरु गरेको ‘एक्सन मोड’को पहिलो संकेतका रूपमा हेरिएको छ। आगामी दिनमा पनि यस्ता कदम निरन्तर जारी रहने र प्रशासनिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने बताइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित