इन्धनको मूल्य १५ रुपैयाँले वृद्धि, पेट्रोल २०२ रुपैयाँ पुग्यो

नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको भाउ १९९ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टीतेलको भाउ १७९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ २०१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको भाउ १८१ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

नयाँ मूल्यवृद्धिसँगै बजारमा ढुवानी खर्च र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने अनुमान गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित