प्रतिनिधिसभा बैठकमा एमालेद्वारा ओली–लेखक पक्राउप्रति आपत्ति

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउप्रति आपत्ति जनाएको छ।

एमाले सांसद गुरु बरालले बैठकमा उठ्दै संविधान विपरीत दफा १८१ र १८२को गलत प्रयोग गरी दुवै नेतालाई बन्दी बनाइएको आरोप लगाउँदै तत्काल रिहाइको माग गर्नुभएको छ।

बरालले भने, “देशभर विरोध प्रदर्शन भइरहेको छ र सरकारले निर्मम दमन गरिरहेको छ। पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको आजै रिहाइ हुनुपर्छ।”

सभामुख अर्जुननरसिंह केसीले सांसदलाई वक्तव्य दिने अवसर उपलब्ध गराएका थिए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित