प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती र लुम्बिनी प्रदेशले प्रभावशाली जीत निकालेका छन्।
जनकपुरमा बागमतीले कर्णालीलाई ६० रनले पराजित गर्यो। १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५ ओभर १ बलमा १२० रनमै समेटियो। कर्णालीका निश्चल रावलले ३१ र दिनेश अधिकारीले २२ रन जोडे। बागमतीका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिए भने विवेक मगरले ५६ रन बनाए। कर्णालीका दिवान पुनले ३ विकेट लिए। यससँगै बागमती ५ खेलबाट ४ अङ्कसहित छैटौँ स्थानमा पुगेको छ, कर्णाली नवौँ स्थानमा छ।
वीरगंजमा भएको अर्को खेलमा लुम्बिनीले एपीएफ क्लबलाई ‘सुपर ओभर’ मा ८ रनले हरायो। खेल बराबरी भएपछि भएको ‘सुपर ओभर’ मा लुम्बिनीले १४ रन बनायो भने एपीएफ ६ रनमै रोकियो। यसअघि एपीएफले १२४ रन बनाएको थियो, जसको जवाफमा लुम्बिनी पनि १२४ रनमै समेटिएको थियो। लुम्बिनीका अजय चौहानले ४ विकेट लिए भने कप्तान देव खनालले ४५ रन बनाए। एपीएफका रोहित पौडेलले ३ विकेट लिए।
यो जीतपछि लुम्बिनी ५ खेलमा ५ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ भने एपीएफ सातौँ स्थानमा रहेको छ।







Discussion about this post