आज प्रधानमन्त्री बालेन्द्र शाह ज्युले मधेस प्रदेशका प्रतिनिधि सभा सदस्यहरु ज्यु हरुसंग मधेस प्रदेशका विभिन्न बिकासका मुद्दा तथा अन्य विभिन्न मुद्दामा छलफल हुने कार्यक्रम रहेको छ।
सो छलफलमा पर्सा जिल्लाको विभिन्न मुद्दामा पनि चासो र काम कार्वाहीको एक्दम आवश्यक देखिन्छ।सोही सन्दर्भमा मैले केही बुन्दा र मुद्दाहरु बारे छलफलमा राखिदिन हाम्रो पर्साका चारवटै सान्सद तथा मधेस प्रदेशका सबै सान्सद जि हरु लाई हार्दिक अनुरोध गर्दछु।
१)वीरगन्ज औद्योगिक क्षेत्र भएकोले यहाँको औधोगिक तथा ब्यवसायिकको लागि बिशेष प्याकेजको घोषण।
१)पर्सा जिल्लामा रहेको सबै स्थानीय तहमा भैरहेको भ्रस्टाचार सम्बन्धि अनुसन्धान गर्नु पर्ने।
२)एउटै स्थानीय तहमा बर्सौ देखि विभिन्न फाटमा फाट प्रमुख वा कार्यलय प्रमुखको रुपमा रजाइ गरि अनाधिकृत भ्रष्टाचार गरेको कर्मचारीलाई सरुवा तथा कार्वाहीको लागि अनुसन्धान गर्नु पर्नेमा जोड।
३) नरायणी अस्पताल तथा पोखरिया अस्पतालको स्तर उन्नति र सेवा प्रबाहमा जन्ता मुखी बनाइ यो अस्पतालको विभिन्न समस्या समाधान गर्नुपर्नेमा जोड।
४) नरायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा स्तर उन्नतिको लागि यथासिघ्र सुरु गर्ने।
५)पर्सा जिल्लामा शैक्षिक स्त्तर एकदम दयनिय रहेकोले यस्लाइ विभिन्न तरिकाले उकस्ने कार्यक्रमको संचालन गर्ने।
६)मधेसमा रहेको किसानको समस्या समाधानको निम्ति विभिन्न कार्यसुची बनाइ लागू गर्ने।
७) सिर्सिया नदी पदूषणमुक्त र अतिक्रमणमुक्त गरि धार्मिक नदिको रुपमा घोषण गर्ने।
८) वीरगन्ज चिनी कारखानाको समस्या समाधान गर्नपर्नेमा जोड।
(९) पर्साको सबै सरकारि कार्यलयमा सेवा प्रबाहमा भैरहेको समस्या बारे जोड दिनु पर्ने।
१०)वीरगन्जमा स्वच्छ खानेपानीको दीगो समाधान।
११)सुख्खायाममा मधेसलाई सुख्खायाम क्षेत्र घोषणा गरि सो क्षेत्रलाइ स्पेसल प्याकेजको घोषण।
१२)खुला बोडरबाट भैरहेको तस्करी रोक्न जोड।
१३)मधेसमा भैरहेको लागू औसधि दुर्ब्यसनी रोक्न विभिन्न कार्यक्रम संचालन गर्मे
१४)महिला हिंसा रोक्ना कठोर कानुन र कार्यक्र्म संचालन गर्ने।
१५) वीरगन्ज महानगरमा भएको विभिन्न भ्रष्टाचार र कठित भनिएको विभिन्न काण्डको छानबिन गरि दोषिलाई कार्वाही गर्ने।
१६)प्रहरी प्रशासनलाई जनता मैत्री बनाउनु पर्ने।
१७)स्वास्थ्य क्षेत्रको बिस्तार
१८)सरकारि कर्माचारि तथा सरकारि सुबिधा लिरहेको सबै जनालाई जवाफदेहि बनाउने।
१९)मधेसमा बन्द रहेको र समस्यामा रहेको विभिन्न कल करखानाको समस्या समाधान गरि संचालन गर्नुपर्नेमा जोड।
२०)पर्साको विभिन्न साना तथा मझौला औद्योगिक तथा ब्यवसायिकको समस्या समाधान गर्नपर्ने।
२१)सहकारि पीडितको समस्या समाधान गर्नु पर्नेमा जोड।







Discussion about this post