लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालनका लागि पर्साका व्यवसायी प्रदीप जैसवाल, कानुनका विद्यार्थी अर्जुन साह र राजन पटेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा चिनी मिल बन्द हुँदा उखु किसान, मजदुर र क्षेत्रीय अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव औंल्याउँदै त्यसलाई सुधार गर्न ठोस पहल गर्नुपर्ने माग गरिएको छ। पत्रमा उच्चस्तरीय अध्ययन समिति गठन गरी मिलको वर्तमान अवस्था, सम्भाव्यता र चुनौतीहरूको अध्ययन गर्न, सञ्चालनका लागि आवश्यक लगानी र प्रविधि खाका तयार गर्न, उखु किसानको हित सुनिश्चित गर्ने नीति ल्याउन, सार्वजनिक–निजी साझेदारी (PPP) मोडल वा अन्य उपयुक्त विकल्पको खोजी गर्न र क्षेत्रीय रोजगारी तथा आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने प्रमुख सुझावहरू समावेश छन्।
प्रतिनिधिहरूको विश्वास छ कि चिनी मिल पुनः सञ्चालनमा आएमा स्थानीय अर्थतन्त्रमा सुधार आउनेछ र कृषक तथा श्रमिकको जीवनस्तर उकास्न सहयोग पुग्नेछ।







Discussion about this post