जेनजी आन्दोलन : पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल पक्राउ

काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान सुविधानगरस्थित निवासबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।

गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा दमन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

यसअघि प्रहरीले सोही घटनासम्बन्धी अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित