पर्सामा नागरिकता वितरण छरितो, सेवाग्राही खुसी

पर्सा नागरिकता कार्यालयमा अब सेवाग्राहीहरूले सहज र छरितो सेवा पाउने भएका छन्। पहिले नागरिकता बनाउने कामका लागि फाइल लिएर कार्यालयका विभिन्न कोठा घुम्नु पर्थ्यो, तर अहिले सबै प्रक्रिया एउटै कोठाबाट सम्पन्न हुने व्यवस्था गरिएको छ।

नागरिकता सम्बन्धी फाइल जाँच, रुजु, प्रमाणिकरण र वितरण सबै काम एउटै स्थानबाट हुने भएपछि सेवाग्राहीहरूको चहलपहल बढेको छ। कार्यालयको यो सुधारपछि नागरिकहरू द्रुत र सरल सेवाप्रवाहका कारण खुसी व्यक्त गरेका छन्।

स्थानिय प्रशासनका अनुसार, यस नयाँ प्रणालीले समय बचत र कामकाजमा पारदर्शिता बढाएको छ। भविष्यमा अन्य प्रशासनिक सेवा क्षेत्रमा पनि यस्तै सुधार लागू हुने आशा गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित