वीरगंज महानगरपालिका–१५ निवासी एक अति विपन्न व्यक्तिलाई जीविकोपार्जनका लागि किराना पसल सञ्चालन गर्न आवश्यक सामग्री सहयोग गरिएको छ। स्थानीय समाजसेवी संजोग सिंहको नेतृत्वमा दिपेन्द्र कुमार सिंह लगायतका युवाहरूले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
समाजसेवी युवाहरूले आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थाका व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले किराना पसल सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गरिएको बताएका छन्।
उनीहरूले समाजमा गरिबी न्यूनीकरण गर्ने र समाजको समुन्नत विकासमा योगदान पुर्याउने नै आफूहरूको मुख्य उद्देश्य रहेको बताएका छन्।
युवाहरूको यस सहयोग कार्यलाई स्थानीयवासीले सकारात्मक सामाजिक अभियानको रूपमा लिँदै प्रशंसा गरेका छन्।







Discussion about this post