नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै अखिल नेपाल पिछडा वर्ग (ओबीसी) का १०–१२ जना कार्यकर्ताले वीरगंजको घण्टाघर चौकमा विरोध प्रदर्शन गरेका छन्।
अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेपछि ओबीसी महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निसादको नेतृत्वमा कार्यकर्ताहरू चौकमा पुगेका थिए। उनीहरूले ओलीको तत्काल रिहाइ, कानुनी प्रक्रियामा निष्पक्षता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सरकारसँग माग राखेका छन्।
प्रदर्शनकारीहरूले गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहको बिरुद्धमा नारावाजी गर्दै भादौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका विद्यार्थीहरूको घटनाको विषयमा आवश्यक अनुसन्धान गर्न समेत आग्रह गरेका थिए।







Discussion about this post