ओली पक्राउविरुद्ध आन्दोलन गर्ने एमालेको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै देशभर विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी सचिव महेश बस्नेतले आज देशभरका जिल्ला सदरमुकाममा जनसंगठनमार्फत प्रदर्शन गर्ने र भोलि जिल्ला पार्टी कमिटीले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिएका छन्।

एमालेले यस विषयमा अन्य राजनीतिक दलसँग पनि संवाद गर्ने निर्णय गरेको जनाएको छ। यसैबीच ओली पक्राउको विरोधमा बिहान काठमाडौँको चाबहिल क्षेत्रमा नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्।

पूर्वप्रधानमन्त्री ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ। उता नेपाली कांग्रेसका नेताहरू लेखक पक्राउको विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न आन्तरिक परामर्शमा जुटेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित