पूर्वप्रधानमन्त्री ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले गुण्डुस्थित घरबाट नियन्त्रणमा लिएको छ। यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ भइसकेको थियो।

ओली र लेखकलाई पक्राउ गर्नुको कारण गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्न हो। प्रतिवेदनअनुसार गत भदौ २३–२४ मा भएको जेन–जी आन्दोलन दमन प्रकरणमा तत्कालीन नेताहरूमाथि अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो।

पक्राउका लागि गृह मन्त्रालयले लिखित आदेश दिएपछि गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगाना प्रहरी प्रधान कार्यालय पुगेका थिए।

उपत्यकामा सुरक्षा कडा पारिएको छ। गृहमन्त्री सुधन गुरुङले मध्यरातसम्म सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गर्दै घटनाको व्यवस्थापन गरिरहेका थिए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित