पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरी प्रहरी परिसर भद्रकाली ल्याइएको छ।
जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि उनलाई पक्राउ गरिएको हो। नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग छलफलमा जुटेका थिए। प्रहरीको मागअनुसार कानुनी प्रक्रिया पूरा गरी पक्राउ पुर्जी जारी भएपछि लेखकलाई नियन्त्रणमा लिइएको हो।
यसै प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ। जाँचबुझ आयोगले मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत कारबाही गर्न सिफारिस गरेको थियो।







Discussion about this post