पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध पक्राउ प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको र पक्राउका लागि तयारी अवस्थामा सुरक्षा निकाय परिचालन गरिएको छ।
दुवै नेताको निवास वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरी सुरक्षा सतर्कता बढाइएको छ।
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए। लिखित आदेश आवश्यक भएपछि मध्यराति कानुन मन्त्रालयका सचिवलाई प्रहरी मुख्यालय बोलाएर आवश्यक प्रक्रिया टुंग्याइएको थियो।
जेनजी आन्दोलन दमनसम्बन्धी प्रतिवेदनमा ओली, लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी अनुसन्धान सिफारिस गरिएको छ। मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाही र हेलचेक्र्याइँबाट ज्यान गएको कसुरमा कारबाही सिफारिस गरिएकाले सोही आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको जनाइएको छ।







Discussion about this post