भ्रष्टाचार नियन्त्रण र सुशासनमा गृहमन्त्री गुरुङको जोड

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै देशलाई जनादेशअनुसार अघि बढाउने स्पष्ट बताएका छन्। शुक्रबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा उनले गलत काम गर्ने कसैलाई छुट नदिने चेतावनी दिँदै हरेक जिल्ला प्रशासन कार्यालयमा अब एकद्वार प्रणालीबाट मात्र सेवा उपलब्ध हुने व्यवस्था लागू गरिने बताए।

गृहमन्त्री गुरुङले भ्रष्टाचार र घुसखोरी रोक्न “कसैले घुस माग्यो भने सिधै मलाई फोन गर्नुस” भनेर नागरिकलाई आग्रह गरेका छन्। उनले प्रहरीलाई नियमअनुसार काम गर्न निर्देशन दिएका छन् भने सञ्चारमाध्यमलाई जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न, टीआरपीको लोभमा कसैको चरित्र हत्या नगर्न सचेत रहन निर्देशन दिएका छन्।

उनले नागरिकका गुनासाहरू सिधै मन्त्रालयसम्म पुग्ने व्यवस्था मिलाइने र आगामी पाँच वर्ष पूर्णरूपमा सुशासनमा समर्पित भएर छिट्टै ठोस नतिजा देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित