बालेन्द्र शाह आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन । शाहले आज दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ लिने र आजै २ बजेर १५ मिनेटमा सिंहदरबार पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
शपथ ग्रहण समारोहलाई विशेष बनाउने तयारीसमेत गरिएको छ। कार्यक्रममा ७ वटा शङ्खनाथ, १०८ जना वटुकबाट स्वस्ति शान्ति वाचन तथा १०८ जना बौद्ध भिक्षुबाट शुभ मङ्गलपाठ गर्ने कार्यक्रम राखिएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार शपथ कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ।
नयाँ सरकार गठनसँगै अब शाह नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार, आर्थिक सुधार र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।







Discussion about this post