प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्। शपथ ग्रहण कार्यक्रममा सांसदहरू आ–आफ्नो सांस्कृतिक तथा परम्परागत भेषभूषामा सहभागी भएका थिए।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्। कार्यक्रममा विभिन्न भाषामा शपथ लिने व्यवस्था मिलाइएको थियो।







Discussion about this post