मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिभल’ ले ‘रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिभल’ आयोजना गर्ने भएको छ।
महोत्सव चैत १५ र १६ गते काठमाडौँस्थित नेपाल पुलिस क्लबमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा मिथिला चित्रकला प्रदर्शनी, लोकसंगीत, सांस्कृतिक नृत्य, एकल नृत्य, कविता प्रस्तुति, युवा अन्तरक्रिया, सांस्कृतिक छलफल तथा छठ संस्कृतिसम्बन्धी प्रस्तुति लगायतका कार्यक्रम रहनेछन्।
कार्यक्रममा विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान तथा संस्कृति प्रेमीहरूको सहभागिता रहने जनाइएको छ।
महोत्सवले मिथिला कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुका साथै नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।
आयोजकले महोत्सव सफल बनाउन कलाकार, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा सरोकारवालालाई सहभागिताका लागि आग्रह गरेको छ।







Discussion about this post