माइस्थान प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न, ६५ जनाले गरे रक्तदान

माइस्थान मन्दिर सञ्चालक समितिको आयोजनामा र राउन्ड टेबल नेपालको सहयोगमा बुधबार माइस्थान प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आठ महिला सहित कुल ६५ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेमा बबिता देवी थरुनी, ज्योती प्रधान श्रेष्ठ, रन्जु गिरी, स्मृती कार्की, नवराज भट्टराई, मोहित राजपाल लगायतको सहभागिता रहेको छ। रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेले जानकारी दिनुभयो।

कार्यक्रम गहावामाई मन्दिर समितिका अध्यक्ष नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो। राउन्ड टेबल नेपालका अध्यक्ष दिपक अग्रवाल, स्थानीय जनप्रतिनिधि, समाजसेवी र पत्रकारहरू पनि उपस्थित थिए। रक्तसञ्चार केन्द्रका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा स्वयंसेवक टोलीले रक्तदान प्रक्रिया सहज बनाउन सहयोग गरेको थियो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित