उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै यस वर्षको चैती छठ पर्व सम्पन्न भएको छ। वीरगंजसहित पर्साका विभिन्न नदी, पोखरी र जलाशयमा बनाइएका छठघाटहरूमा आज बिहान व्रतालुहरू पुगेर सूर्यलाई अर्घ दिएका छन ।
चार दिनसम्म मनाइने छठ पर्व आइतबार ‘नुहाए–खाए’ विधिबाट सुरु भई सोमबार ‘खरना’ सम्पन्न गरिएको थियो । मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्व समापन गरिएको हो।
छठ पूजामा ठेकुवा, केरा, नरिवल, उखु, स्याउ, सुन्तला, निम्बु, अदुवा, मुला, गाजर लगायतका फलफूल तथा प्रसाद सूर्य भगवान र छठी मातालाई अर्पण गरिएको छ ।
तराई–मधेश क्षेत्रमा विशेष श्रद्धा र आस्थाका साथ मनाइने छठ पर्वलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।







Discussion about this post