ट्याक्टरको ठक्करबाट बारामा सेवानिवृत्त शिक्षकको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले ठक्कर दिँदा ६१ वर्षीय केदारप्रसाद शर्माको मृत्यु भएको छ। शर्मा रौतहटको संग्रामपुर घर भएका सेवानिवृत्त शिक्षक हुन्।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएपछि विपरीत दिशाबाट आएको अर्को ट्याक्टरसँग ठोक्किँदा दुर्घटना झन् गम्भीर बनेको थियो। गम्भीर घाइते शर्मालाई वीरगन्जको मेडिसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न चालक र सवारी साधन नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित