वीरगंज, चैत १० –
पर्सागढी–४ हर्दासपुरस्थित शिवालय मठमा आयोजना हुने लक्ष्मीनारायण महायज्ञ एवं नवाहपरायण यज्ञको तयारी पूर्ण भएको यज्ञ समितिले जनाएको छ। चैत १२ गते कलशयात्रा, १३ गते यज्ञ प्रारम्भ र २१ गते पूर्ण आहुतिसहित समापन हुने तय छ।
हालै सामाजिक सञ्जालमा फैलिएको दलित समुदायलाई बहिष्कार गरिने भनिएको खबर गलत रहेको पुष्टि गरिएको छ। वडाध्यक्षले सबै गाउँवासीलाई भेला पारेर स्थिति स्पष्ट गरेका छन्।
दलित प्रतिनिधि रूदल रामले यज्ञमा सबै समुदाय सहभागी हुने बताएका छन्। यज्ञ अध्यक्ष रामेश्वरप्रसाद कुर्मीले पनि समितिले सबै पक्षको सहभागितामा कार्यक्रम सफल बनाउन योजना बनाएको बताए।







Discussion about this post