सांसद कानुले गरे नारायणी अस्पतालमा दलाली नियन्त्रणको माग

पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले वीरगंजको नारायणी अस्पतालमा बिचौलिया र दलालका कारण बिरामीलाई समस्या भएको भन्दै तत्काल नियन्त्रणका लागि कडा कदम चाल्न प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग अनुरोध गर्नुभएको छ।

मंगलबार प्रजिअ दाहालको कार्यालयमा भएको छलफलमा सांसद कानुले निजी अस्पतालमार्फत बिरामी रेफर गर्ने, एम्बुलेन्स चालकमार्फत दलाली हुने र अस्पताल परिसरमा गैरकानुनी गतिविधि बढ्दै गएको विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

त्यस्तै, सांसद कानुले छठ पर्वमा छठघाट वरिपरि माछा–मासु बिक्री रोक्नुपर्ने र गर्मी मौसममा सम्भावित आगलागी र विपद् व्यवस्थापनका लागि आवश्यक तयारी मिलाउनुपर्नेमा जोड दिनुभयो।

छलफलमा प्रमुख जिल्ला अधिकारी दाहालले आवश्यक अनुगमन, समन्वय र कारबाही अगाडि बढाइने प्रतिबद्धता जनाउनुभएको थियो। कार्यक्रममा रास्वपाका युवा नेता, क्षेत्रीय सभापति तथा अन्य प्रतिनिधिहरू पनि उपस्थित थिए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित