चैती छठको दोस्रो दिन आज खरना विधि गरिदै

श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ विधि मनाइँदैछ। आइतबार ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज सोमबार दिनभर उपवास बसेर साँझ खरना गर्ने तयारीमा जुटेका छन्।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेस्रो दिन मंगलबार पर्ने षष्ठी तिथिलाई मुख्य दिन मानिन्छ, जसलाई ‘सँझीया घाटे’ पनि भनिन्छ। यस दिन व्रतालु महिलाहरू नदी, पोखरी, तलाउ लगायतका जलाशयमा बनाइएको छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिने परम्परा रहेको छ।

छठ पूजाका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाइन्छ। साथै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, उखु लगायतका फलफूल अर्घका रूपमा चढाइने गरिन्छ।

छठ पर्वको अन्तिम दिन सप्तमी तिथिका दिन बुधबार बिहान व्रतालुहरूले पुनः छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा समापन हुने गर्दछ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित