हरि खेतान बहुमुखी क्याम्पस मा कक्षा १२ को नियमित त्रैमासिक परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएपछि विद्यार्थीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन्। हाल समस्याको समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल जारी रहेको छ।
क्याम्पस प्रशासनले आजदेखि सञ्चालन हुने भनिएको परीक्षा आकस्मिक रूपमा स्थगित गरिएको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थी आन्दोलित भएका हुन्। विद्यार्थीहरूले निर्धारित समयमै परीक्षा सञ्चालन गर्नुपर्ने, पठनपाठन नियमित हुनुपर्ने र शैक्षिक गतिविधि प्रभावित हुन नदिनुपर्ने माग राख्दै क्याम्पस गेट अगाडि धर्ना दिएका थिए।
पछि विद्यार्थीहरूले र्याली निकालेर वीरगंजको घण्टाघर क्षेत्रमा पुगेर चक्काजाम तथा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केही समय यातायात अवरुद्ध भएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ।
विद्यार्थीहरूले क्याम्पसभित्रको प्रशासनिक विवादका कारण पटक–पटक परीक्षा र पठनपाठन प्रभावित भएको गुनासो गरेका छन्। उनीहरूले निमित्त क्याम्पस प्रमुखको राजीनामा समेत माग गरेका छन्। क्याम्पस प्रशासनले भने परीक्षा स्थगित गर्नुको स्पष्ट कारण सार्वजनिक गरेको छैन।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्सा मा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा विद्यार्थी, क्याम्पस प्रशासन र विद्यार्थी संगठनका प्रतिनिधिबीच समस्या समाधानका लागि बैठक जारी रहेको जनाइएको







Discussion about this post