मौसममा सुधार, ठूलो वर्षा तत्काल नहुने

अस्ति शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै आजदेखि मौसममा सुधार आएको छ। मौसमविद्का अनुसार गएरातिदेखि नै मौसममा सुधार देखिएको र आज पछिल्ला दिनजस्तो लगातार वर्षा नहुने बताइएको छ।

प्रि–मनसुनका गतिविधि भने कायम रहने भएकाले आज पनि मौसम आंशिक बदली रहनेछ। घाम लाग्ने र फेरि बदली हुने क्रम जारी रहने तथा तत्काल ठूलो र लामो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

आज देशको पहाडी र हिमाली भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित