रास्वपा पर्साद्वारा सामाजिक सञ्जालमा फैलिरहेको भ्रामक प्रचारविरुद्ध चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले केही व्यक्ति र समूहले सामाजिक सञ्जालमार्फत आफूलाई वीरगंज महानगरपालिका तथा अन्य स्थानीय तहका मेयर र वडाध्यक्ष पदका उम्मेदवार भन्दै प्रचार गरिरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला सचिव सुदिश प्रजापतीद्वारा जारी विज्ञप्तिमा पार्टीले हालसम्म कुनै व्यक्तिलाई पदका लागि आधिकारिक उम्मेदवार घोषणा नगरेको स्पष्ट पारिएको छ। विज्ञप्तिमा आजको मितिदेखि यस्ता भ्रामक गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई सचेत रहन भनिएको छ।
साथै, सामाजिक सञ्जालमा फैलाइएका कपोलकल्पित कुरामा विश्वास नगर्न र यस्ता व्यक्ति तथा समूहबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ। रास्वपाले आधिकारिक निर्णयबिना उम्मेदवारी दाबी गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको भन्दै यस्ता गतिविधि रोक्न सबै पक्षलाई चेतावनी दिएको छ।







Discussion about this post