मधेसमा अब लिखित परीक्षा बिना सवारी लाइसेन्स पाइने

वीरगंज , ४ फागुन –

मुख्यमन्त्री कृष्ण यादवले प्रदेशको सय दिने उपलब्धि सार्वजनिक गर्दै ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न नागरिकलाई लिखित परीक्षा बिना नै प्रयोगात्मक परीक्षा पास गरी लाइसेन्स लिन मिल्ने व्यवस्था घोषणा गरेका छन्। सरकारको यो कदम गरिब र मजदुर वर्गको रोजगारी सुरक्षित राख्ने उद्देश्यले ल्याइएको हो।

यस्तै, स्वास्थ्य क्षेत्रमा पनि सुधारको योजना अघि बढाइएको छ। अब बिरामीले उपचार गराउने अस्पतालमार्फतै भुक्तानी पाउने व्यवस्था मिलाइने छ र मोबाइलबाटै ई–टिकट काट्ने सुविधा उपलब्ध गराइनेछ। विगत दुई वर्ष रोकिएको औषधि खरिद प्रक्रिया पनि पुनः सुरु गरिएको छ।

प्रदेश सरकारले खेलकुद र धार्मिक पर्यटन प्रवर्द्धनका लागि ठूला पूर्वाधार निर्माणका योजनाहरू अघि सारेको छ। मुख्यमन्त्री यादवले जनमैत्री कामलाई प्राथमिकता दिँदै आगामी दिनमा यी योजनाहरूलाई द्रुत गतिमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित