नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम भएको छ।
त्यस्तै दोस्रो वर्गअन्तर्गत दाङ र सुर्खेतमा पेट्रोल १७१ रुपैयाँ तथा डिजेल र मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७२ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५२ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।
अमेरिका–इजरायल–इरानबीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले त्यसको प्रभाव नेपालमा पनि परेको निगमले जनाएको छ।
भारतबाट उच्च दरमा मूल्य बढेर आए पनि उपभोक्तामा कम असर पर्ने गरी मूल्य स्थिरीकरण कोष र विगतको नाफाबाट केही भार व्यहोरेर सीमित मात्रामा मूल्य वृद्धि गरिएको निगमको भनाइ छ।







Discussion about this post