सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुर सडक खण्डमा शुक्रबार साँझ डि एल ९ सि जेड ०७७७ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोले पैदल हिँडिरहेका जन्तीहरूलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटनापछि बरहथवा नगरपालिका–१२ का ४० वर्षीय स्कारपियो चालक नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बरहथवाले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।







Discussion about this post