रास्वपाले समानुपातिकतर्फ ५७ जनाको सूची तयार गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य बन्ने ५७ जनाको नामावली तय गरेको छ।

पार्टीको आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम टुंगो लगाएको प्रवक्ता मनिष झा ले जानकारी दिनुभयो। उहाँका अनुसार सो नामावली आजै निर्वाचन आयोग नेपाल मा बुझाइने तयारी गरिएको छ।

क्लस्टर अनुसार खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनालाई समावेश गरिएको छ।

तर सूचीमा परेका व्यक्तिहरूको नाम भने हाल सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगले नामावली रुजु गरी स्वीकृत गरेपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने प्रवक्ता झाले बताए ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित