मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकारसँग आफ्नै प्रहरी नहुँदा प्रशासन सञ्चालनमा समस्या भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले परिकल्पना गरेको अधिकार आठ वर्ष बितिसक्दा पनि प्रदेशले नपाएको गुनासो गरे।
मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रहरीको भौतिक संरचना दयनीय रहेको र द्वन्द्वकालमा क्षतिग्रस्त भवनमै प्रहरी बस्न बाध्य भएको बताए। जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारी साधनसमेत नष्ट भएकाले त्यसको पूर्ति गर्नुपर्ने दायित्व थपिएको उनले उल्लेख गरे।
सीमित स्रोतका बाबजुद प्रदेश सरकारले प्रहरीलाई सहयोग गर्दै आएको भन्दै उनले प्रदेश प्रहरीलाई सुदृढ बनाउन संघीय सरकारको पनि उत्तिकै जिम्मेवारी रहेको बताए। साथै उनले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गरे।







Discussion about this post